दल

सचिवालय बैठकको निर्णय लिएर प्रचण्डलाई भेट्‌न बालुवाटार जाँदै ओली

इकागज |
फागुन २१, २०८० सोमबार ९:३३ बजे

फाइल तस्बिर

काठमाडौँ- आकस्मिक रूपमा बोलाइएको एमाले सचिवालय बैठक सकिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान आकस्मिक रूपमा बोलाइएको सचिवालय बैठक सकिएको हो । 


सचिवालय बैठकको निष्कर्षसहित एमाले अध्यक्ष ओली बालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ भेटन जाँदैछन् । केहि समयअघि मात्रै एमाले सचिवालय बैठक सकिएको हो ।

संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षका विषयमा दुई दलबीच सहमति गरेर जाने जनाइएको भएपनि औपचारिक रूपमा कुनै कुरा बाहिर ल्याइएको छैन ।

तर माओवादीले कांग्रेससँग गठबन्धन टुटाए सहयोग गर्न एमाले तयार रहेको एमाले उपमहासचिव प्रदीप ज्ञवाली बताए ।

र, यो पनि


Author

थप समाचार
x