विश्व

ओपनएआईका सिईओ साम भन्छन्- 'च्याटजीपीटी-४ सबैभन्दा बेवकूफ मोडेल हो'

इकागज |
बैशाख २३, २०८१ आइतबार १३:४८ बजे

काठमाडौँ- ओपन एआईका प्रमुख कार्यकारी अधिकृत (सिईओ) साम अल्टम्यानले च्याटजीपीटी-४ सबैभन्दा बेवकूफ मोडेल भएको दावी गरेका छन् ।

अमेरिकाको क्यालिफोर्नियास्थित स्ट्यान्फोर्ड विश्वविद्यालयमा आयोजित एक कार्यक्रमका क्रममा ओपनएआईका सह-संस्थापक समेत रहेका अल्टम्यानले च्याटजीपीटी-४ सबैभन्दा बेवकूफ मोडेल भएको बताएका हुन् ।


तर उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का लागि भविष्यमा ठूलो लगानी गर्ने घोषणा गरेका इन्डियन एक्सप्रेसले जनाएको छ ।

अल्टम्यानका अनुसार जीपीटी-४ चाँडै चलनचल्तीमा नरहने तथा यसलाई अधिक सक्षम एआई प्रणालीहरूले प्रतिस्थापन गर्नेछ ।


Author

थप समाचार
x