विश्व

फेसबुक र इन्स्टाग्रामको 'लत अत्यधिक' भएको आशंका

इकागज |
जेठ ४, २०८१ शुक्रबार १२:५२ बजे

काठमाडौँ- युरोपेली युनियन (इयू) ले फेसबुक र इन्स्टाग्रामले बालबालिकाको 'शारीरिक र मानसिक स्वास्थ्य' मा 'नकारात्मक प्रभाव' गरिरहेको छ कि छैन भनेर अनुसन्धान गरिरहेको छ ।

प्रयोगकर्ताहरूको सामाजिक सञ्जालहरु फेसबुक र इन्स्टाग्राम प्रयोग गर्नका लागि पर्याप्त उमेर पुगेका छन् कि छैनन् र बालबालिकाहरूलाई सामग्री कसरी सिफारिस गरिन्छ भनी जाँच गर्न सामाजिक सञ्जालहरुले पर्याप्त काम गरेका छन् कि छैनन् भन्ने कुरा पनि यसले जाँच गर्ने बीबीसीले जनाएको हो ।


धेरै ठूला टेक्नोलोजी कम्पनीहरु अब इयूको कडा नयाँ डिजिटल सेवा ऐन (डीएसए) को सम्भावित उल्लङ्घनको लागि अनुसन्धानमा छन् र उनीहरुमाथि वार्षिक विश्वव्यापी कारोबारको ६ प्रतिशतसम्म जरिवाना हुन सक्छ ।

यता फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले जनाएअनुसार बालबालिकालाई सुरक्षित राख्न ५० भन्दा बढी उपकरण र नीतिहरू विकास गर्न एक दशक बिताएको जनाएको छ ।


Author

थप समाचार
x