विश्व

जापानको तोशिबाले ४ हजार कर्मचारी कटौती गर्दै

इकागज |
जेठ ४, २०८१ शुक्रबार १६:१ बजे

काठमाडौँ- जापानी इलेक्ट्रोनिक्स कम्पनी तोशिबाले ४ हजार कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।

नयाँ स्वामित्वको कम्पनी पुनर्संरचनाका लागि तोशिबाले जापानमा कार्यरत ४ हजार कर्मचारी कटौती गर्ने निर्णय गरेको रोयटर्सले जनाएको हो ।


एक दशकको घोटाला र उथलपुथलपछि निजी इक्विटी फर्म जापान इन्डस्ट्रियल पार्टनर्स (जेआईपी) को नेतृत्वमा रहेको कन्सोर्टियमले १३ बिलियन अमेरिकी डलरमा अधिग्रहण गरेपछि यो निर्णय आएको बताइएको छ ।

४ हजार कर्मचारी कटौती भने कम्पनीको ६ प्रतिशत कर्मचारीलाई हटाइने भएको हो । कम्पनीले आफ्नो मुख्यालय टोकियोबाट कावासाकी सार्ने योजना समेत बनाएको छ ।

गत डिसेम्बरमा 'डिलिस्टिङ' भएको तोशिबालाई आगामी ३ वर्षमा १० नाफामा लैजाने योजनासहित कम्पनीको कार्यालय सार्न लागेको हो ।


Author

थप समाचार
x