दल

तत्काल आइपर्ने राजनीतिक निर्णय गर्ने अधिकार रास्वपाले दियो सभापति लामिछानेलाई

इकागज |
फागुन २१, २०८० सोमबार ९:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पछिल्लो राजनीतिक परिस्थितिबारे आवश्यक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ । आइतबार बिहान हात्तीगौंडास्थित सभापति लामिछानेको निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

आजको बैठकले राजनीतिक परिस्थितिमा तत्काल आइपर्ने निर्णय गर्ने अधिकार पार्टी सभापति लामिछानेलाई दिने निर्णय गरेको रास्वपा उपसभापति डीपी अर्यालले बताए ।


'सभापतिज्यूले समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकलाई जानकारी गराउनुभएपछि त्यसैमा छलफल गरियो' अर्यालले भने 'राजनीतिक परिस्थितिमा तत्काल आइपर्ने निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई दिएका छौँ' अर्यालले इकागजसँग भने ।

र, यो पनि


Author

थप समाचार
x