दल

सत्ता गठबन्धनको बैठक बस्दै

इकागज |
फागुन २१, २०८० सोमबार ६:४० बजे

काठमाडौँ- आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बिहान ८ बजे बोलाइएको छ ।

सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रियसभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका बिषयमा छलफल हुने जनाइएको छ ।


हिजो मात्रै प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहान र साँझ दुई पटक भेटवार्ता गरेका थिए । सो भेटवार्ता पछि सत्तारूढ गठबन्धनमा नयाँ बहस सुरू भएको छ ।

ओलीले पनि सरकार परिवर्तनका बारेमा नयाँनयाँ कुरा गरिरहेको बेला यस बैठकलाई अर्थपुर्ण रूपमा हेरिएको छ ।


Author

थप समाचार
x