दल

सत्तासाझेदार दलबीच साँत बुँदे नयाँ सहमति

इकागज |
फागुन २९, २०८० मंगलबार १२:४८ बजे

फाइल फोटो

काठमाडौँ - सत्तासाझेदार दलबीच साँत बुँदे नयाँ सहमति भएको छ । फागुन २१ गते भएको आठ बुँदे सहमतिलाई परिमार्जन गर्दै सात बुँदे बनाइएको छ । नयाँ सहमतिमा पहिले भएको सातौँ बुँदा हटाइएको छ । 

चार दलबीच भएको सहमतिको सातौँ बुँदामा 'यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने' भन्ने थियाे । 



फागुन २१ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आठबुँदे सहमति भएको थियो ।

मंगलबार संशोधित सहमतिपत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि हस्ताक्षर गरेका छन् । 


Author

थप समाचार
x