दल

भागबण्डा टुंग्याउन कार्यदलको बैठक बस्दै

इकागज |
फागुन २२, २०८० मंगलबार १०:३४ बजे

काठमाडौँ- मन्त्रिमण्डलको संख्या र कार्यविभाजन टुंग्याउनका लागि कार्यदलका बैठक बस्दैछ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धन निर्माण भएसँगै गठन भएको कार्यदलको बैठक बस्न लागेको हो ।


बैठक दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

सो बैठकले मन्त्रालय संख्या र जिम्मेवारी बाँडफाँट टुंगो लगाउने बारेमा प्रारम्भिक छलफल गर्नेछ ।

मन्त्रीहरूको बाँडफाँटका लागि एमालेबाट महासचिव शंकर पोखरेल, माओवादीका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

नयाँ गठबन्धन निर्माण भएसँगै सोमबार नै बिना विभागीय मन्त्रीको रूपमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।


Author

थप समाचार
x