साहित्य

‘शुरज’

शुरज थपलिया |
बैशाख १८, २०८१ मंगलबार १३:३६ बजे

संसारलाई उज्यालो पार्न झुल्किन्छौ
शीतलता दिन अस्ताउँछौ
चराचर जगतलाई जीवित राख्न जाग्छौ
अनि साँझ कतै बादलुमा भाग्छौ

चन्द्रमा उज्यालो हुन 
तिमी चाहिन्छ 
तारा चम्किन 
तिमी नै चाहिन्छ
तिमी विना 
कुनै अस्तित्व छैन प्राणी जगतको
फूल फुल्न अनि,
झर्न पनि त तिमी चाहिन्छ


कठ्याङ्ग्रिएका जीवहरूको 
जीवन बचाउने तिमी 
रापिएका जमिन र बिरुवाको 
अस्तित्व जोगाउने पनि तिमी 
तिमी विना नीलो हुन्‍न आकाश
हरियाली हुन्‍न धर्ती
हराभरा हुन्नन् फाँट
फुल्दैनन् गुराँस
चर्दैनन् भेडा र चौरी
देखिन्नन् पहाड र पर्वत 

तिमी छौ र सबै छ
मान्छे छन्
जीवन छ
स्वार्थ छ
मृत्यु पनि त छ

देउराली छ
भगवान छन्
भाकल छ
कसम छ
धोका पनि त छ

प्रेम छ
अमृत छ
एकाकार छ
बेकार पनि त छ

तिमी नभएर केही छैन
तिमी भएर सबै छ 
म छु 
तिमी छौ 
अनि हाम्रो माया पनि त छ ।


 


Author

थप समाचार
x