राजनीति

फुट्‌यो सत्ता गठबन्धन, आजै एमाले, माओवादी र रास्वपाले नयाँ सरकार बनाउने

इकागज |
फागुन २१, २०८० सोमबार ९:४१ बजे

फाइल तस्बिर

काठमाडौँ- सत्ता गठबन्धन फुटेको छ ।

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले, रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् ।


पाण्डेले आजै सानो मन्त्रिमण्डल बन्ने बताएका छन् ।

'आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद्‌ हुन्छ' पाण्डेले फेसबुकमा लेखेका छन् 'सानो आकारको मन्त्रिमण्डलले आज सपथ लिनेछ ।'

गएराति अबेरसम्म  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो । 

र, यो पनि


Author

थप समाचार
x