भाषण गर्दागर्दै सरकारका प्रवक्ताले थाहा पाए संसद् विघटनको ब्रेकिङ न्यूज

काठमाडौं : काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्न सिफारिस गरिरहेका बेला सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ दोलखा विद्यालय भवन उद्घटनमा व्यस्त छन् । उनले विद्यालय भवन उद्घाटन समारोहमा सरिक भइरहेका बेला मन्त्री गुरुङलाई संसद् विघटनको सूचना फोनबाट प्राप्त गरेका छन् ।
दोलखामा रहेका सरकारका प्रवक्ता गुरुङ गृह स्थानीय तह गौरीशंकर गाउँपालिका, वडा कार्यालय लगायत स्थानीयले आयोजना गरेको कार्यक्रममा छन् ।
प्रधानमन्त्री ओलीले काठमाडौंमा संसद् विघटन गर्न सिफारिस गरिरहेकै बेला सरकारका प्रवक्ता गुरुङ भने जन्मगाउँ काप्तीस्थित दिव्यश्वरी प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिरहेका थिए ।
शुक्रबार राती सदरमुकाम चरिकोट पुगेका सरकारका प्रवक्ता एवम् मन्त्री गुरुङ मंगलबार मात्र राजधानी फिर्ता हुने कार्यतालिका छ । आइतबार नै सरकारका प्रवक्ता गुरुङद्वारा बहुचर्चित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अनुगमन गर्ने कार्यक्रम छ ।
र, यो पनि
- संसद् विघटन गर्ने कदमबारे वामदेवको प्रतिक्रिया : 'वेट एण्ड सी' को अवस्थामा छु
- संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक
- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा
- प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल
- संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा
- ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले प्रतिवाद गरिनुपर्छ : बाबुराम
- बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्न मानेनन्
- ओली भेट्न दाहाल पुगे बालुवाटार
- ओलीले गरे संसद् विघटन गर्न सिफारिस

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया