राजनीति

ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले  प्रतिवाद गरिनुपर्छ : बाबुराम

इकागज |
पुस ५, २०७७ आइतबार ११:२२ बजे

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद्‍ विघटन गर्ने प्रधानमन्त्री केपी शर्माको कदम असंवैधानिक भएकाले सबै राजनीतिक दल र नागरिकलाई सुधार गर्न आवाज उठाउन अपिल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री ओलीले संसद्‍ विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेपछि भट्टराईले ट्‍वीटर भिडियोमार्फत असंवैधानिक भएको बताएका हुन् ।

 


'नेपालको शासकीय प्रणलीमा सुधार गर्नुपर्छ । त्यसको निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली हुनुपर्दछ र समानुपातिक संसदीय प्रणाली हुनुपर्छ । यो हाम्रो निरन्तरताको प्रयत्न हुनुपर्दछ । प्रधानमन्त्रीको निर्णयले नेपालको शासकीय प्रणालीमा रहेको त्रुटीलाई नै पूष्टि गर्दछु' भट्टराईले भनेका छन् 'यस्तो अवस्थामा सबै दललाई नेपालको शासकीय प्रणालीमा सुधारको निम्ती आवाज उठाउन अह्वान गर्दछु । तत्काल प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध आवाज उठाउन सहकार्य गर्न आग्रह गर्दछु ।'

उनले भनेका छन् 'नयाँ संविधानमा हामीले देशमा राजनीतिक स्थिरता कायम गर्न प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष किटान गरेका थियौं । विगतका अस्थिरतालाई ध्यान दिँदै बीचमा नै संसद् विघटन गरेर अस्थिरता ल्याउन नपाउने व्यवस्था गर्‍यौं । त्यविपरित प्रधानमन्त्री संसद् विघटनको प्रस्ताव राष्ट्रपति समक्ष प्रस्तुत गरेको खबर छ । त्यो अत्यन्त दु:खद छ । यसले हिजो कै अस्थिरता निम्त्याएको संसदीय व्यवस्थालाई सुधारिएकोमा धज्जी उडाएको छ । लोकतन्त्रको मर्म विपरित छ । संविधानको प्रावधान विपरित छ ।  नेकपाको बहुमतको सरकार बन्दा पनि गैरजिम्मेवार पूर्ण हर्कत बनेको छ । यो लोकतन्त्रको हितमा छैन । यसको सबै तिरबाट प्रतिवाद गरिनुपर्छ ।' 

र, यो पनि

बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्‍न मानेनन्

ओली भेट्‍न दाहाल पुगे बालुवाटार

ओलीले गरे संसद्‍ विघटन गर्न सिफारिस


Author

थप समाचार
x