प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरीत : रामचन्द्र पौडेल

फाइल तस्बिर
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा संसद् विघटन गर्न मिल्ने प्रावधान नरहेको बताएका छन् । उनले प्रधानमन्त्रीले संविधानविपरित संसद् विघटनको सिफारिस गरेको भन्दै राष्ट्रपतिले यसलाई स्वीकार्न नहुने बताएका हुन् ।
'मन्त्रिपरिषद्बाट संसद् विघटनको सिफारिस भएको सूचना प्राप्त भएको छ,' उनले ट्वीट गर्दै भनेका छन्, 'यो संविधान विपरित छ, लोकतन्त्रको मर्म विपरीत छ र राष्ट्र हित विपरित छ । अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्नु हुँदैन । यो फिर्ता गर्नु पर्दछ ।'
#1
— Ram Chandra Paudel (@NcPaudel) December 20, 2020
मन्त्रीपरिषदबाट संसद विघटनको सिफारिस भएको सूचना प्राप्त भएको छ ।
यो संविधान विपरीत छ , लोकतन्त्रको मर्म विपरीत छ र राष्ट्र हीत विपरीत छ । अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन ।
यो फिर्ता गर्नु पर्दछ ।
र, यो पनि
- संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा
- ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले प्रतिवाद गरिनुपर्छ : बाबुराम
- बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्न मानेनन्
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया