संसद् विघटनबारे रणनीति कोर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन सिफारिसबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ । कांग्रेस नेता रमेश लेखकले दिउँसो १ बजे पार्टी पदाधिकारी बैठक बोलाइएको जानकारी दिए । बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्नेछ ।
संसद विघटनसम्बन्धी संविधानमा नभएको प्रावधान प्रयोग गर्न खोज्नु सर्वसत्तावादी सोचको उपज भएको उल्लेख गर्दै लेखकले भने, ‘कम्युनिष्ट पार्टीको सरकारले अस्थीरतामा मुलुकलाई लैजादै जनताले दिएको दुई तिहाई मतको अपमान गरेको छ । यो अत्यन्त निरंकुशवादी चरित्र हो । निर्वाचनमा जाने भनेको जनतामा जाने विषय भएको हुँदा कांग्रेस जनतामा जान डराउँदैन ।’
नेपाल कम्युनिष्ट पार्टीको सर्वसत्तावादी, निरंकुशतावादी, लोकतन्त्र र संविधानविरोधी चरित्रको प्रदर्शन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेलेको उल्लेख गर्दै भने लेखकले भने, ‘यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली मात्र होइन, नेकपा पूर्णरूपमा जिम्मेवार छ । संसद् विघटन गरेर नयाँ निर्वाचनका विषयमा कांग्रेस लोकतन्त्र र जनतामा विश्वास गर्ने पार्टी भएको हुँदा चुनावमा जाने विषयबाट भाग्दैन । त्यसकारण यो मुलुकलाई कम्युनिष्टहरूबाट मुक्ति दिन मध्यावधि चुनावबाट भाग्दैन ।’
र, यो पनि
- संसद् विघटन गर्ने कदमबारे वामदेवको प्रतिक्रिया : 'वेट एण्ड सी' को अवस्थामा छु
- संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक
- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा
- प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल
- संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा
- ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले प्रतिवाद गरिनुपर्छ : बाबुराम
- बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्न मानेनन्
- ओली भेट्न दाहाल पुगे बालुवाटार
- ओलीले गरे संसद् विघटन गर्न सिफारिस

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

सहकारीका समस्याबारे राष्ट्रपतिको चासो

कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक

प्रतिक्रिया