पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन
काठमाडौँ - पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियु (क्रान्तिकारी)ले विरोध प्रदर्शन गरेको छ । मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको कार्यालय टेकु अगाडि सोमबार प्रदर्शन गरेको हो ।
पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता क्रान्तिकारीले माग गरेको छ ।
निगमले गए रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँ मूल्यवृद्धि गरेको थियो भने
खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २०० बढाएको थियो ।