महिला हिंसा विरुद्ध ‘पेन्ट मि रेड’ क्याम्पेन
काठमाडौँ - महिला हिंसाको विरोध गर्दै राजधानीमा ‘पेन्ट मि रेड’ क्याम्पेन चलाइएको छ। शनिबार ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा साक्षर युथ कम्युनिटीको आयोजनामा सो क्याम्पेन चलाएको हो। कानुन संशोधन गरेर बलात्कारका मुद्दामा हदम्याद हटाउन माग गर्दै सो क्याम्पेन आयोजना गरिएको जनाइएको छ।
सो क्याम्पेनमा मुखमा पट्टी बाँधिएकी एक युवतीले आफ्नो शरीरमा रातो रङ पोतेर बसेकी र अन्य व्यक्तिहरुले पनि रातो रंग पोतिरहेको थिए। रातो रङ पोतेर बलात्कारको सांकेतिक विरोध गरिएको आयोजकको भनाइ छ।