काठमाडौँमा ढुंगेधाराको टुटी खोलेर मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन (फोटो फिचर)

काठमाडौँ : काठमाडौँमा औपचारिक रुपमा मेलम्चीको पानी वितरणको शुभारम्भ भएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा राष्ट्रप्रति विद्यादेवी भण्डारीले ढुंगेधारामा जडित टुटी खोलेर पानी वितरणको शुभारम्भ गरेकी हुन् । गत आइतबार नै सुन्दरीजलबाट आएको पानी महाँकाल चौर, अनामनगर र मीनभवनको टेंकीमाफएत पानी वितरण सुरु गरे पनि आयोजनाको औपचारिक उद्घाटन गरिएको थिएन । आजबाट बालाजु क्षेत्रमा पनि पानी वितरण सुरु गरिएको छ ।