वीर अस्पतालका कर्मचारी आन्दोलित
‘एक स्वास्थ्यकर्मी बाचे, सयौं बिरामी बाच्ने छन्’
तस्बिरः सराेज बैजु
काठमाडौँः वीर अस्पतालमा कोभिड–१९को उपचारमा खटिएका कर्मचारीले भत्ता लगायत सुविधा नपाएको भन्दै नारा जुलुससहित धर्ना दिएका छन् । चैतदेखि हालसम्म भत्ता नपाएको भन्दै अस्पतालका कर्मचारीहरु आन्दोलामा उत्रिएका हुन् ।
विभिन्न भत्तासँगै स्वास्थ्य सुरक्षाका सामग्री समेत नपाएको गुनासो उनीहरुले गरेका छन् । अस्पतालमा कार्तिक १९ गते आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकहरुले सामूहिक राजिनामा दिएका थिए ।