भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काउन सुरू (फोटो फिचर)
काठमाडौँ- काठमाडौँ महानगरले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन सुरू गरेको छ । आइतबार भोटाहिटी क्षेत्रमा बनेको सबवेसहितमा अवैध संरचना भत्काउन सुरू गरेको हो ।
महानगर प्रमुख बालेन्द्र साह (बालेन)कै अग्रसरता र नेतृत्वमा काठमाडौँ महानगर क्षेत्रमा बनेका अवैध संरचना भत्काउन थालिएको छ । अनुमति नलिई, नक्सा पासविपरीतलगायत अवैध संरचना भत्काउन महानगरको टोलीलाई डोजरसहित तयारी अवस्थामा राखिएको छ ।