सिन्दुर जात्राले रङ्गिएको मध्यपुरथिमि (फोटो फिचर)

काठमाडौँ : बिस्का जात्राको अवसरमा मध्यपुर थिमिका बासिन्दाले बिहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा अर्थात् सिन्दुर जात्रा मनाएका छन् । मध्यपुरथिमिको विभिन्न टोलटोलका देवताको मूर्तिलाई खटमा विराजमान गराइ सिन्दुर खेल्दै पूजाआजा गर्दै यो जात्रा मनाइन्छ ।