फोटो फिचर

करुणामय मच्छिन्द्रनाथको रथ यात्रा (फोटोफिचर)

बिनाज गुरुवाचार्य |
जेठ १, २०७८ बजे

ललितपुर : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ शनिबार तानिएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौँथो दिनमा रथ तान्ने चलन छ । कोभिड–१९ संक्रमणको जोखिम बढेपछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति पुर्‍याउने तयारी गरिएको हो । 

रथमा विराजमान मच्छिन्द्रनाथको बिहानको नित्य पूजापछि हल्लाइएको थियो भने अपरान्ह रथ तानिएको छ । गत बुधबार बैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामय पनि मानिने मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो । 


यस वर्ष कोभिड महामारीका कारण भीडभाड गर्न र बढी मानिस जम्मा हुन नदिन जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेसम्मका लागि विभिन्न क्षेत्रलाई निषेधित क्षेत्रसमेत तोकेको छ । गत वर्ष रथ तान्ने विषयमा विवाद हुँदा स्थानीय र प्रहरी बीच झडप भएको थियो । यसै विषयलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्रमा पूर्वमा निषेधित क्षेत्र तोकेको छ । रथलाई तानिने स्थानलाई केन्द्रमा राखेर ५०० मी को दूरीमा निषेधित क्षेत्र तोकेको छ ।

हेर्नुहोस् तस्बिरहरू :


 



Author
थप समाचार