धानबालीले लहलहाइरहेको खाेकनाकाे हरियो फाँट [फाेटाेफिचर]
तस्बिरहरू : अनुज बज्राचार्य/इकागज
काठमाडौँ- ललितपुरकाे खोकना एउटा पुरानो बस्ती, जहाँ यतिबेला जताततै हरियाली देख्न पाइन्छ । खाेकनाका अधिकांश खेत, फाँट र बस्ती आसपासका ठाउँमा धानबालीले हरियो देखिएका हुन् । जता हेर्यो उतै धानबाली लहलहाइरहेको हरियो फाँट खाेकनाकाे छुट्टै विशेषता हाे भन्दा फरक नपर्ला ।
सहरी बस्ती भन्दा अलि पर रहेकाे खाेकनाका किसानहरू आकासे पानीकै भरमा आफ्नो कृषिकर्म चलिरहेको छ । यहाँ जाने जाेकाेहीलाई पनि कृषकहरू खेतमा काम गरिरहेको दृष्य देख्दा झनै मनमाेहक लाग्छ ।