बुद्धम् शरणम् गच्छामि...
काठमाडौं : बुद्धवाणीः मैत्री, सत्धर्म र शान्ति, द्वन्द्वले गाँजिएको वर्तमान विश्व सामाजमा अझ बढी महत्व छ । अतः विश्व मानव समाजमा बुद्ध धर्मको सान्दर्भिकतामा कुनै सन्देह नरहला । समाजमा बुद्ध धर्मको अनुयायीहरूका समुदाय निश्चय पनि सानो छैन । समय र परिस्थितिसँगै बुद्ध धर्मका अनुयायी तथा आस्था राख्नेहरूबीच भिन्न धारण र विचार राख्ने समूहहरू निर्माण भए जुन अहिले पनि विद्यमान छन् । जुन थेरवाद, महायान र बज्रयान बौद्धमार्गीका रूपमा समाजमा स्थापित छन् ।
थेरवाद बुद्धधर्मको प्रचीन रूप हो । थेरवादमा मूलतः पालि भाषाका बौद्ध ग्रन्थ÷साहित्यहरू अध्ययन गरिन्छ । पालि भाषमा ‘थेर’को अर्थ ‘वरिष्ठ’ अथवा ‘जेष्ठ’ भन्ने बुझाउँछ । बुद्धधर्म अंगाल्न गृहस्थी जीवन त्याग गरेर चिवर धारण गरी भिक्षु/भिक्षुनीको रूपमा जीवनयापन गरी वा गृहस्थी जीवन मै पनि बुद्धको धम्मम् तथा शीलहरूको पालना गरी गर्न सकिन्छ ।
भिक्षु/भिक्षुणीकोरूपमा जीवनयापन गरिरहेका साधकहरूले आफ्नो जीवन बौद्ध ग्रन्थ तथा साहित्यहरूको गहिरो अध्ययनमा वा ध्यान भावनामा लिन भई व्यतित गर्दछन् । भिक्षु/भिक्षुणीहरू विभिन्न विधि र परिवेशमा ध्यान भावनामा लिन हुन सक्दछन् । बौद्धमार्गीहरूले ‘विपस्सना’ (विपश्ना) कि त ‘समथा’ विधिबाट ध्यान भावनामा लिन हुने गर्दछन् । परिवेशको सन्दर्भमा आफू बस्दै आएको विहार कि त एकान्त वन जंगलमा ।
एकान्त वन जंगलमा ध्यान भावनामा बस्ने परम्परा श्रीलङ्का, थाइल्याण्ड, म्यानमार, भियतनाम, कम्बोडिया जस्ता देशहरूमा भने नौलो होइन तर नेपालको सन्दर्भमा भने विल्कुल नौलो हो । त्यसमा पनि बुद्ध धर्मको उच्च १३ वटा शीलको पलान गरी ध्यानमा लिन भई जीवन नै एकान्त वन जंगलमा व्यतित गर्ने परम्परालाई धुताङ्ग भनिन्छ । जसको अर्थ पालि भाषामा द्वेष, विकार, मैलो पन्छाउनु/हटाउनु हो ।
भिक्षाटनबाट भोजन गर्ने । एक छाक मात्र खाने । रुखमुनि बस्ने धुताङ्ग परम्परा अँगाल्ने भिक्षु/भिक्षुणीहरूले पालना गर्नुपर्ने केही प्रमुख शीलहरू हुन् । लमजुङको सुन्दरबजार पाँचघरेमा अवस्थित डुराडाँडामा स्थापना गर्न लागेको ध्यान केन्द्रको स्थल अवलोकको क्रममा ध्यान केन्द्र तथा असापासमा स्थानामा प्रचीन थेरवाद बौद्ध परम्परागत भिक्षुचर्या तथा ध्यान भावनामा लिन भिक्षु/भिक्षणीहरू ।
२५६५ औं बुद्ध जयन्तीको सबैमा सुख, सुस्वास्थ्य तथा शान्तिको मैत्री कामना।