प्रकृतिसँग लुकामारी (फोटोफिचर)
काठमाडौँ- काठमाडौँ शहर घरै घरले भरिएको छ । घरहरू देख्दा यस्तो लाग्छ मानिस कसरी श्वास फेर्छन् । मानिसको जीवन उकुसमुकुस छ । अनि सम्बन्धहरू पनि घर जस्तै कंक्रिट छन् ।
बिना कुनै शहरी योजनाले बनेको शहरमा कुनै सुन्दरता र जीवन छैन । तर, काठमाडौँभित्रै घना शहरी क्षेत्रलाई छाडेर केही पर जाने हो भने प्रकृति निस्फिक्री हाँसिरहेको छ । नाचिरहेको छ । प्रकृतिले आफ्नो जीवन बाँचिरहेको छ अनि हामी प्रकृतिलाई हेरेर बाँचिरहेका छौं, मुस्कुराइ रहेका छौं । सोमबार बुढानीलकण्ठको दर्शनपछि केही माथि उक्लेसँगै प्रकृतिसँगै लुकामारीमा ।