फोहोरलाई पछ्याउँदा (फोटो फिचर)
काठमाडौँ - दैनिक घरबाट निस्कने फोहोर व्यवस्थापन गाउँघरका लागि सहज भएपनि शहर बजारमा भने धेरै गाह्रो छ । काठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, भैरहवा, भरतपुर, ललितपुर, भक्तपुर, बनेपा, नेपालगञ्ज र धनगढीलगायत देशका ठूला शहरहरूमा फोहोर व्यवस्थापनको समस्या छ । मोफसलका शहर भन्दा पनि काठमाडौँ उपत्यकामा फोहोर व्यवस्थापन ठूलो समस्याको रुपमा छ । धेरै जनसंख्या र घना बस्तीका कारण फोहोर व्यवस्थापन गर्ने निकायलाई पनि फोहोर व्यवस्थापन हम्मेहम्मे परेको छ ।
अझ फोहोरहरू खोला, बाटो, सडकहरूमा फालेर शहरको स्वरूप नै कुरूप बनाउनेमा तपाईँ हामी नै छौँ । एक उपभोक्ता भएको हिसाबले यो भएन त्यो भएन भन्न त सजिलो छ तर काम गर्नेको गाह्रा अप्ठ्यारा पनि हामीले महसुस गर्न जरुरी छ । काठमाडौँको फोहोर व्यवस्थापन काठमाडौँमा गर्न सम्भव नभएपछि धादिङको कुडुले-बञ्चरेडाँडामा गरिएको सर्वविदितै छ । घरबाट निस्कने फोहोर कसरी त्यहाँ पुग्छन् र त्यहाँ कसरी व्यवस्थापन गर्छन् भनेर हामीले फोहोरलाई पछ्यायौँ । हेर्नुहोस् फोहोर पछ्याउँदाका तस्विर