फोटो फिचर

धमाधम बन्दैछ ग्वार्को फ्लाई ओभर [फोटोफिचर]

अनुज बज्राचार्य |
बैशाख ३१, २०८१ बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- ललितपुरस्थित ग्वार्को फ्लाई ओभरको काम तीव्र गतिमा भइरहेको छ । निर्माण सुरु भएको झन्डै एक वर्षपछि फ्लाई ओभरको डिजाइनमा समस्या रहेको भन्दै केही समयअघि काम रोकिएको थियो ।


करिब ६ महिनाअघि डिजाइन सच्याएर निर्माण सुरु गरिएको फ्लाई ओभरको काम यतिबेला तीव्र गति अघि बढिरहेको हो । गत वर्ष माघबाट निर्माण सुरु हुने भनिएको भए पनि डिजाइन स्वीकृतमा ढिलाइ हुँदा फागुनबाट निर्माण कार्य सुरु भएको थियो । ​

निर्माण कम्पनीले पेस गरेको डिजाइन केही करेक्सन गरेर विभागले माघमा स्वीकृत गरेपछि फ्लाई ओभरको निर्माण कार्य सुरु भएको थियो । फ्लाई ओभर निर्माणका लागि भ्याटसहित साढे १७ करोडकाे सम्झौता भएको छ ।​ फ्लाई ओभर निर्माणका लागि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागको गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागले जिम्मा लिएको छ । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार