फोटो फिचर

कलापरिषदमा 'देवीदेवताहरूको सम्मेलन' [फोटोफिचर]

अनुज बज्राचार्य |
जेठ १२, २०८१ बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- नेपाल कलापरिषद् देवीदेवताहरूको सम्मेलन भइरहेको छ । परिषद्का हल देवीदेवता र तिनका बास स्थलसम्बन्धी कलाले भरिएका छन् । अमूल्य चित्र यहाँ देख्न पाइन्छ । अग्रज र पुराना कलाकारका सिर्जना पनि राखिएका छन् ।​

कलापरिषद् र नेपाल हस्तकला महासङ्घद्वारा आयोजित कला प्रदर्शनी यही जेठ २८ गतेसम्म चल्ने छ । ‘नेपालका देवीदेवताहरू’ नामक दोस्रो संस्करणको जारी कला प्रदर्शनीमा देवीदेवताका आधुनिक, लोक, परम्परागत र समसामयिक कलाहरूलाई एउटै धरातलमा अन्तर्निहित गरी यहाँ प्रस्तुत गरिएको छ । प्रदर्शनीमा नेपाली कलाकारहरूले देवीदेवताको बाहुल्यतालाई धर्मनिरपेक्ष स्थानको सौन्दर्यतामा सजाएका छन् ।


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार