फोटो फिचर

ट्राफिक नियम उल्लंघन गर्नेहरू नै ट्राफिक व्यवस्थापनमा (फोटो फिचर)

अनुज बज्राचार्य |
जेठ १७, २०८१ बजे

तस्बिर : अनुज बज्राचार्य

काठमाडौँ - अन्य दिनको तुलनामा आज दिउँसो काठमाडौँका मुख्य तथा व्यस्त चोकमा पहेँलो रङ्गको ‘क्यामाफ्लाइज’ ज्याकेट लगाएर हजारौँ युवायुवती ट्राफिक नियम सिकाउनमा व्यस्त देखिन्थे ।

यसरी पहेँलो रङ्गको ‘क्यामाफ्लाइज’ ज्याकेट लगाएर आ–आफ्नो समयअनुसार दिनभरि एक हजार तीन सय दुई जनाले स्वयम्सेवकका रुपमा सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग गरेका थिए । उनीहरू कुनै नयाँ संघ संस्थाका प्रतिनिधि, विद्यार्थी एवं ट्राफिक प्रहरी नभएर ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेका थिए । 


उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकालाई आजदेखि स्वयंसेवकका रुपमा सडकमा खटाउन सुरु गरेसँगै उनीहरुले बुधबारदेखि सवारी व्यवस्थापनमा सहयोग गरेका हुन् ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार