फोटो फिचर

कमल फुल्ने त्यो कमल पोखरी [फोटो फिचर]

गंगा थपलिया |
जेठ १७, २०८१ बजे

काठमाडौँ - कमल पोखरी काठमाडौँको केन्द्रमा रहेको प्रसिद्ध पोखरी हो । यसले धार्मिक र सांस्कृतिक महत्व बोकेको छ । परापूर्व कालमा यो पोखरीमा कमलको फूल फूल्ने भएकाले यसको नाम कमलपोखरी रहन गएको किंवदन्ती छ । अहिले यहाँ कमल फुल्दैन । भूकम्प गएसँगै क्षति भएको यो पोखरीको काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरेको छ। 

पुनर्निर्माणका क्रममा कङ्क्रीटको प्रयोगले 'राजधानी सहरको परम्परागत पोखरीको मौलिकता बिग्रन्छ' भन्दै विरोधसमेत भएको थियो ।  २०३३ सम्म यो पोखरी ४६ रोपनीमा  थियो । अहिले २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको छ । पोखरीको जग्गा सत्ता र शक्तिको आडमा विभिन्न व्यक्तिहरूले हडपेसँगै क्षेत्रफल साँघुरिएको हो ।


अहिले पुनर्निर्माण गरिएको पोखरी सर्वसाधारणका लागि खुला भएको छ । गर्मी मौसममा पोखरी हेर्दै शीतल खानेको भिड देख्न सकिन्छ । बिहान साँझ 'वाक' का लागि मानिसहरू यहाँ आउने गर्छन् ।  वरिपरि फुलेका सुन्दर फूलहरूले पोखरीको सौन्दर्यता बढाएको छ ।  

 



Author
थप समाचार