फोटो फिचर

मोरङको भाउन्नेमा विषादीरहित निगुरो बिक्री गर्दै शान्ती (फोटोफिचर)

इकागज |
जेठ २३, २०८१ बजे

फोटो : इकागज

काठमाडौँ - पुर्व-पश्चिम महेन्द्र राजमार्गको चारकोशे झाडीमा पाइने बेलबारी-१० भाउन्नेमा निगुरो बिक्री गर्दै शान्ता घिमिरे । यस क्षेत्रको सडकको दायाँबायाँको जंगलमा वैशाखदेखि असोजसम्म निगुरो पाइन्छ ।  

बेलबारी, भाउन्ने र कानेपोखरीको जंगलमा निगुरो पाइने गरेको छ ।


यहाँको निगुरो काकडभिट्टादेखि काठमाडौंसम्म पुग्ने गरेको शान्ताले बताइन् । उनका अनुसार एक मुठ्ठाको २० रूपैयाँ पर्छ । दैनिक १५ सयदेखि २ हजार मुठ्ठासम्म निगुरो बिक्री हुन्छ । 

शून्य विषादी भएकाले यहीँ राजमार्ग भएर यात्रा गर्ने यात्रुले पछिल्लो समय बढी माग गर्ने घिमिरे बताउँछिन्।



Author
थप समाचार