डोजर आतंक बन्द गर भन्दै बालेनविरुद्ध उत्रिए कवाड व्यवसायी (फोटो फिचर)
फोटो : अनुज बज्राचार्य
काठमाडौँ - काठमाडौं महानगरको डोजर आतंक बन्द गर भन्दै कवाड व्यवसायीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।
आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कवाड हटाउने निर्णय भएको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको उनीहरुले जनाएका छन् ।
काठमाडौं महानगरले अदालतको आदेशसमेत नमानेको भन्दै कवाड व्यवासायीहरूले गरिबलाई पेल्ने नीति स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
प्रदर्शनमा सहभागीहरूले कवाडीमाथि डोजर आतंक बन्द गर, अदालतको निर्णयको सम्मान गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।