फोटो फिचर

अव्यवस्थित सडक विभाग: कार्यालयभित्रै भेटियो चुरोटका ठुटा (फोटो फिचर)

शुरज थपलिया |
असार २६, २०८१ बजे

काठमाडौं - बबरमहल राणाकालीन दरबार हो । युरोपेली शैलीमा चन्द्रशमशेरले यो भवन आफ्ना छोरा बबर शमशेरका लागि निर्माण गरेका थिए । राणाहरूको शासन अन्त्यसँगै यो दरबार नेपाल सरकारको स्वामित्वमा आएको  हो । राणाहरूले शोखका रुपमा बेलायती शैलीमा निर्माण गरेको यो भवनमा सडक विभाग बस्छ । जसले देशभरका सडकहरूको निर्माण, मर्मत सम्भार र रेखदेख गर्दै आएको छ । तर सडक विभागका कर्मचारीहरूले यो भवनलाई नै जीर्ण अवस्थामा पुर्याएका छन् । 

१९९० र २०७२ को भूकम्पमा क्षति भएको यो दरबार दुवै पटक पुर्ननिर्माण गरिएको हो । यसको निर्माण शैली र ऐतिहासिक महत्वका कारण सरकारले पुर्ननिर्माण गरेको जानकारहरु बताउँछन् । २०७२ को भूकम्पपछि भौतिक रुपमा नाजुक अवस्थामा रहेको यो दरबार पुर्ननिर्माण पछि २०८० भदौमा सडक विभाग पुन: सर्यो । निर्माण अवधि नै पुरा नभइ हतार हतार सरेको विभागले यो दरबारलाई कुरूप अवस्थामा पुर्याएको छ । 


सडकलाई चिटिक्क पार्ने जिम्मा पाएको र धेरै प्राविधिकहरू रहने यो विभागको अवस्था अहिले दयनीय छ । सामानहरू जताततै अस्तव्यस्त अवस्थामा छन् । विभाग सरेको एक वर्षसम्म ती सामानले आफ्नो सही ठाउँ पाउन सकेका छैनन् । विभागको शौचालय छिर्नै नसक्ने अवस्थामा दुर्गन्धित छ ।

विभागमा रहेकाे शाैचालय

पानी पास हुने ठाउँहरू चुरोटको ठुटा, पानीको बोतल, प्लाष्टिक र फोहोरले जेलिएको अवस्थामा छ । विभाग भित्रै चुरोटका ठुटा असरल्ल भेटिन्छन् । अफिसभित्रै चुरोटका बट्टाहरू फालिएका छन् ।  

जमेको पानी जाने ठाउँमा बाेतलहरू

विभागको चाैथाे तलामा फालिएका चु्रोटका ठुटाहरू

चुरोट खाने ठाउँ, बट्टा र ठुटाहरू

सरकारी कागजपत्रहरू जताततै छरिएका छन् । लाग्छ त्यहाँ वर्षौदेखि मान्छे बस्दैन र कागजपत्र हावाले यताउति पुर्याएको छ । महालेखा, हुलाक र निर्वाचन कार्यालय त्यहाँ बस्छ भनेर महालेखा परीक्षक कार्यालयको बोर्ड फालेर हतार हतार सरेको विभागको अधिकांश कोठाहरू खाली छन् । ताला लगाएर राखिएको छ ।

अलपत्र अवस्थामा रहेका कागजपत्र

कार्यालयभित्र प्यासेज, बाटो, भित्ता तथा भुइँहरु धुलोले ढाकिएका छन् । जता छाम्दा पनि धुलो मात्रै टाँसिन्छ । लाग्छ त्यहाँ महिनौदेखि कुचो लगाइएको छैन ।  प्यासेजमा हिँड्दा गन्हाउँछ ।

ढोका अगाडि राखिएको फोहोर

२०८१ वैशाखमा पुर्ननिर्माण सकिएर हस्तान्तरण गरिएको विभागका झ्याल ढोकाहरू ६ महिना पनि नपुग्दै भत्किएका छन् । प्लाईलाई ढोकाको रुपमा प्रयोग गरिएको छ ।

भत्किएको ढोका

राम्रा टेबलहरू प्यासेजमा अलपत्र छन् । कोठाहरू खाली खाली लक भएपनि किचनमा कुर्सीहरुको चाङ छ । बाहिर गार्डेन बनाइएको छ तर त्यहाँ बिरुवा हैन झारहरू मात्रै छन् ।  

किचनमा राखिएको कुर्सीको चाङ

विभागभित्र रहेको गार्डेन र ढलेकाे कुर्सी

अफिसको पानी तर्किएर जाने ठाउँ फोहोरले भरिएको छ । पानी पर्दा अफिस भित्रै पानी पुग्छ । सूचना पार्टीमा राष्ट्रिय गान छ तर त्यो राष्ट्रिय गानकै बेइज्जत हुने गरि राखिएको छ । राष्ट्रिय गानकै अपमान भएको छ । अरु धेरै विकृति, विसंगतिले अवाक्क छ विभाग ।

हेरौँ तस्बिरमा 

छतबाट पानी जाने ठाउँमा रहेको फोहोर

 

राष्ट्रिय गानको अवस्था

ढुसी आएका सोफहरू


 



Author
थप समाचार