फोटो फिचर

राष्ट्र बैंकको पुनर्निर्मित भवन हस्तान्तरण [फोटोफिचर]

शुरज थपलिया |
असार २८, २०८१ बजे

तस्बिरहरू : शुरज थपलिया/इकागज

काठमाडौँ- नेपाल राष्ट्र बैंकको पुनर्निर्मित भवनको हस्तान्तरण गरिएको छ । २०७२ को भूकम्पले क्षति पुगेको भवनको पुनर्निर्माण भएर आज हस्तान्तरण गरिएको हो ।

शुक्रबार नेपाल राष्ट्र बैँकको पुनर्निर्मित भवन हस्तान्तरण समारोहमा गभर्नर महाप्रसाद अधिकारी, शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, राष्ट्र बैंकका विरष्ट डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, आयोजना  निर्देशक काेष नाथ अधिकारी, डेपुटी गभर्नर बम बहादुर मिश्र, बैंकका कार्यकारी निर्देशक सुमन कुमार अधिकारी, बैंकका निर्देशक केशवबहादुर केसीलगायतको उपस्थिति रहेको थियो ।


सो क्रममा गभर्नर अधिकारीले भूकम्पले गर्दा नयाँ भवन पाएको बताएका छन् । उनले भूकम्पले क्षति गरेपछि नयाँ भवन बनेकाले भूकम्पलाई धन्यवाद दिनुपर्ने जिकिर गरेका छन् ।

भूकम्प नआएको भए नयाँ नबन्न सक्ने पनि उनले धारणा राखेका छन् । भवन संहिताको पूर्ण पालना गरेर आधुनिक भवन बनेको उनले उल्लेख गरे ।

भूकम्पले क्षतिग्रस्त बनाएको नेपाल राष्ट्र बैंकको भवन वि.सं. १९८८ मा भीम शमशेरको पालामा बनेको थियो । त्यो बेलाको अर्थतन्त्रलाई व्यवस्थापन गर्न र दीर्घकालीन विकासलाई लक्षित गरी भवन बनाइएको थियो । सोही बैंकको भवन वि.सं. २०१३ वैशाख १४ गते उद्घाटन राजा महेन्द्र वीर विक्रम शाहदेवले गरेका थिए ।

आधुनिक भवनमा बसेर काम गर्दा कर्मचारीको जोश जाँगर बढ्ने बताउँदै गभर्नर अधिकारीले निर्माणकर्ता कम्पनी सिको समानान्तरलाई धन्यवाद प्रकट गरेका छन् ।

 



Author
थप समाचार