फोटो फिचर

हाँडीगाउँमा कार फ्रि डे [फोटोफिचर]

अनुज बज्राचार्य |
असार २९, २०८१ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले झन्डै एक वर्षदेखि प्रत्येक शनिबार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्रि डे) मनाउँदै आएको छ । आज पनि महानगरले कार फ्रि डे मनाएको छ ।


हाँडीगाउँ गुरुयोजना अन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डबली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध गरेर कार फ्रि डे मनाइन्छ ।

यस क्षेत्रमा दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाइन्छ ।

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार