फोटो फिचर

साउन नजिकिएसँगै पोते पसलहरूमा महिलाको भिड [फोटोफिचर]

अनुज बज्राचार्य |
असार ३१, २०८१ बजे

काठमाडौँ- साउन महिना नजिकिएसँगै हिन्दु महिलाहरू हातमा मेहेन्दी, चुरा र गलामा हरियो पोते लगाउने गर्दछन् ।

भगवान् शिवको महिना मानेर शिवको आराधना गरिने साउन महिनाभर हातमा मेहेन्दीका साथै विवाहित महिलाहरूले रातो, हरियो र पहेँलो चुरा अनि पोते लगाउँद छन् भने अविवाहितहरूले हरियो र पहेँलो चुरा लगाउने गर्दछन् ।


विवाहित महिलाहरूमा साउन महिनामा हरियो-पहेँलो पोते र मेहेन्दी लगाउँदा श्रीमानको दीर्घायु हुने धार्मिक विश्वास रही आएको छ ।

यसैगरी अविवाहितहरूले भने शिवजस्तै पति पाउँ भनेर साउनको सोमबार व्रत बस्ने गर्दछन् । साउन महिना नजिकिएसँगै काठमाडौँको पुरानो बजार, इन्द्रचोकमा रहेका पोते पसलहरूमा महिलाहरूको भिड लाग्ने गरेको छ ।

तस्बिरहरू:



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार