रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल तानियो [फोटोफिचर]
काठमाडौँ- रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ लगनखेलबाट जावलाखेल तानिएको छ । आज (बिहीबार) रथ इटी चोक हुँदै कुमारीपाटी र मानभवन हुँदै जावलाखेलसम्म तानिएको हो ।
वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ । रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो ।