फोटो फिचर

पुनर्स्थापना भयो ४२ वर्षअघि हराएको नागराजको मूर्ति [तस्बिरहरू]

अनुज बज्राचार्य |
साउन २१, २०८१ बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- ​४२ वर्षअघि चोरी भएको नागराजको मूर्ति पुनःस्थापना गरिएको छ ।​ एघारौँ शताब्दी पुरानो बासुकी नागराजको मूर्ति स्थानीयले नक्सालस्थित भगवान बहालमा पुनः स्थापना गरेका हुन् । उक्त मूर्ति छाउनीस्थित राष्ट्रिय संग्रहालयबाट लगेर पुनःस्थापना गरिएको हो ।


नक्सालको भगवान बहालबाट उक्त मूर्ति सन् १९८२ मा चोरी भएको थियो । उक्त मूर्ति अमेरिकामा लिलामी गर्ने क्रममा फेला परेको थियो । कूटनीतिक रूपमा पहल गरी मूर्ति लिलाम हुन रोकेर सन् २०२२ मा नेपाल फिर्ता ल्याइएको थियो ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार