इन्द्रजात्राको प्रभावः काठमाडौँमा सडकका खाल्डा पुर्ने काम तीव्र (तस्बिरहरू)
काठमाडौँ- इन्द्रजात्राको तयारी सुरु भएसँगै काठमाडौँ महानगरपालिकाले सडक र बाटोमा परेका खाल्डो पुर्ने र सम्याउने काम सुरु गरेको छ ।
इन्द्रजात्रामा तानिने रथका साथै काठमाडौँ महानगरपालिकाको स्वामित्वमा पर्ने सडकहरू अहिले धमाधम पुर्ने र बनाउने काम भइरहेको छ ।
हरेक वर्ष इन्द्रजात्रा आउन लागे सँगै काठमाडौँका कोर एरियाका सडकको निर्माण कार्य महानगरपालिकाले गर्दै आएको छ । यस वर्षको इन्द्रजात्रा असोज १ गते परेको छ ।