फोटो फिचर

इन्द्रजात्रा हेर्न पुगे राष्‍ट्रपतिदेखि सर्वसाधारणहरू ( फोटो फिचर)

अनुज बज्राचार्य |
असोज १, २०८१ बजे

काठमाडौँ- काठमाडौं उपत्यकामा सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइएको छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ ।


रथ तान्ने क्रममा बसन्तपुरमा राष्ट्रपति लगायत उच्च पदस्थ व्यक्तित्वहरु उपस्थित भई जीवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रयाद यादव, प्रधानमन्त्री केपी ओली लगाएतले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरेका छन् ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार