फोटो फिचर

भारी वर्षापछिको बाढी

डुबानको डुंगामा विराटनगरदेखि वीरगञ्जसम्म (फोटो कथा)

इकागज |
असार १९, २०७८ बजे

डुबानले जलमग्न बनेको वीरगञ्ज

काठमाडौँ : भारी वर्षाका कारण यस वर्ष पनि तराई डुबानमा परेको छ । तराईका मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, पर्सादेखि चितवनसम्म डुबान परेको छ । 

पछिल्लो तीन दिनदेखि परेको भारी वर्षाले तराईको विराटनगरदेखि जनकपुर वीरगञ्जसम्म डुबान परेको हो । डुबानमा वीरगञ्ज बजार पर्दा व्यापारी र स्थानीयलाई सकस भएको छ । कतिपय व्यवसायीको पसल नै बाढीले डुबाएको छ ।


विराटनगरमा पनि बाढीले गर्दा केही बस्ती डुबानमा परेका छन् । बाढीले जनकपुर विमानस्थल पनि डुबानमा परेको छ । रनवेमा पानी नपुगेकाले उडान भने नियमित नै छ । डुबान क्षेत्र यात्रु जहाज चढ्न बाध्य छन् ।

बाढीका कारण यस वर्षको सुरुमै तराईको जनजीवन कष्टकर बनेको छ । बाढीले गर्दा सयौँ घर परिवार विस्थापित बनेका छन् । उनीहरु खुला आकाशमूनि पाल टाँगेर बस्न बाध्य भएका छन् । 

फोटो स्रोत :सुर्यनारायण विश्वकर्मा, आदर्श कर्ण लगायत पत्रकारको सहयोगमा 

 



Author
थप समाचार