यसरी मनाइयो नाग पञ्चमी (फोटो फिचर)
काठमाडौँ - नागको पुजा गरेर आज नागपञ्चमी मनाइएको छ । श्रावण शुक्लपञ्चमीका दिन मनाइने यो पर्वमा घरको मुलढोकामा नागको तस्बिर टाँसेर, तलाउहरूमा पुजा आजा गरिन्छ । घरको मूल ढोकामा त्यस्ता चित्र टाँसेर पूजा गर्दा वर्षभरि नै घरमा नाग र सर्पले दुस्ख नदिने जनविश्वास पनि छ । नागलाई सर्पको राजा मानिन्छ । नागपञ्चमीको अवसरमा भक्तपुरको नागपोखरीमा पनि नागको पुजा गरिएको छ ।