फोटो फिचर
श्रीकृष्ण जन्माष्टमी: कृष्ण मन्दिरमा बाहिरबाटै पूजा-आराधना
काठमाडौं - श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी मनाइँदै छ । यस दिन देशभरीका कृष्ण मन्दिरमा पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ । त्यसैले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
जन्माष्टमीका दिन पाटनको मङ्गल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । यस वर्ष भने नयाँ भेरियन्टसहितको कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकोले मन्दिर सर्वसाधारणका लागि खुला नभए पनि सीमित मात्रामा भक्तजनहरूले बाहिरैबाट पूजा आराधनाका लागि पुगेका छन् ।