फुटबलसँगै फर्किएको खुशी
तस्बिरमा भारतविरुद्ध नेपालको बराबरी प्रदर्शन
काठमाडौँ : कोभिड १९ महामारीपछि घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा नेपालले भारतसँग बराबरी खेलेको छ । दशरथ रंगशालामा नेपालले सुरुवाती अग्रता लिएर दोस्रो हाफमा १–१ गोलको बराबरी खेलेको हो ।
नेपालका लागि अन्जन बिष्टले गोल गरे भने भारतका लागि अनिरुद्ध थापाले बराबरी गोल फर्काए । दक्षिण एसियाकै बलियो प्रतिद्वन्द्वी मानिने भारतसँग नेपालले बराबरी खेल्नु पनि नेपाली फुटबलको उपलब्धी मानिएको छ । कोभिडले गर्दा वर्षौपछि दशरथ रंगशालामा दर्शक भरिएका थिए ।
घरेलु दर्शकमाझ उत्साहित खेल खेलेको नेपालले पहिलो हाफ र दोस्रो हाफमा मध्ययम प्रदर्शन गरेको थियो । लामो समयपछि दशरथ रंगशालामा दर्शकले भरिएको मैदानमा खेलेका खेलाडीसँगै फुटबलप्रेमी पनि उत्साहित देखिएका थिए ।