तस्बिरहरू
भाडा बढाउन माग गर्दै यातायात व्यवसायीले सडकमै तेर्स्याए गाडी
काठमाडौँ - भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले काठमाण्डौमा गाडीसहित विरोध गरेका छन् । भाडा बढाउनुपर्ने माग राखेर यातायात व्यवसायीले सडकमा नै बस तेर्स्याएर छोडेका छन् ।
सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धिको निर्णय गरे पनि प्रदेश सरकारले उक्त दरलाई मान्यता नदिएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । व्यवसायीले सार्वजनिक यातायात सडकमा तेर्स्याएपछि यात्रुहरू मर्कामा परेका छन् ।