चन्द्रागिरिमा राष्ट्रपति

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी चन्द्रागिरि हिल्स भ्रमण गरेर मंगलबार फर्किएकी छन् । सोमबार परिवारसहित चन्द्रागिरि पुगेकी भण्डारी मंगलबार शितल निवास फर्किएकी छन् ।
चन्द्रागिरि बसाइको क्रममा उनले भालेश्वर मन्दिर, चन्द्रागिरि मन्दिरलगायतमा पुजाआजा गरिन् ।