फोटो फिचर

जुस पिएर महिला अधिकारकर्मी रुबी खानले तोडिन् अनसन

अनुज बज्राचार्य |
कात्तिक २, २०७८ बजे

काठमाडौँ - बाँकेका दुई महिलाको बारेमा सत्यतथ्य छानबिन र पीडित परिवारलाई न्याय दिन माग गर्दै काठमाडौँमा धर्ना र अनसन बसेका महिला अधिकारकर्मीको माग सरकारले सम्बोधन गरेको छ । मंगलबार उनीहरुको माग सम्बोधन भएसँगै झण्डै दुई हप्तादेखिको उनीहरुको आन्दोलन सकिएको छ । 


गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाउने सहमति भएको छ । यससँगै आन्दोलनको नेतृत्व गरेकी अस्पतालमै अनसनरत रुबी खानले अनसन अन्त्य गर्ने घोषणा गरेकी छन् । उनलाई जुस पिएर महिला अधिकारकर्मी रुबी खानले अनसन तोडेकी छन् ।

२० दिन पैदल हिँडेर आएर काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिइरहेका पीडित परिवारका आफन्त र महिला अधिकारकर्मी सरकारसँग सहमति भएसँगै अब घर फर्किने भएका छन् । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार