बानेश्वरको सडकमा खाल्डो (फोटो फिचर)
काठमाडौँ- तीनकुने-बानेश्वर सडकखण्डमा १२ फिट खाल्डो परेको छ । सोमबार सिभिल अस्पताल र संघीय संसदको कार्यालय अगाडिको सडकमा खाल्डो परेको हो । बिहानदेखि सडकमा प्वाल परेकाले सवारीसाधनलाई आवतजावतमा असहज भएको छ ।
सडकभित्रको ढलको पाइप फुटेकाले ठूलो प्वाल पर्न गएको बानेश्वरमा ट्राफिक प्रहरीले जानकारी दिए । खाल्डो परेको भागलाई घेरेर सवारीसाधनलाई दाँयाबाट सवारीसाधनलाई पास गराइरहेको छ ।
प्रहरीले सडक विभागलाई समेत जानकारी गराइसकेको छ । पहिले सानो खाल्डो देखापरेको भएपनि वरपरको भागसमेत धसिएको हुनसक्ने आशंकामा सडक विभागले एक्साभेटरको प्रयोगबाट खााल्डोपरेको भाग वरिपरि खनेर हेरेको छ । सडक विभागले धसिएकाे भाग यकिन गरिसकेकाले केही समयपश्चतात निर्माणप्रक्रिया अघि बढाइने बताएकाे छ ।