फोटो फिचर

रङ्गीचङ्गी काठमाडौँ

तिहारै आयो, लौ झिलिमिली (फोटो फिचर)

अनुज बज्राचार्य |
कात्तिक १८, २०७८ बजे

काठमाडौ -  तिहार सुरु भएसँगै काठमाडौँ सहर झिलिमिली भइसकेको छ। काठमाडौँबासीका घरघरमा बत्तीको झिलिमिली छ । घरमा भुइँ तल्लादेखि छतसम्म नै विद्युतीय बत्ती जडान गरेर घरलाई झिलिमिली बनाइएको छ।  तिहारमा झिलिमिली बत्तीले काठमाडौं उपत्यका रातिमा पनि उज्यालो देखिएको छ ।


आज तिहारको तेस्रो दिन घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिएको छ । घर–घरमा बालिएका विभिन्न किसिमका बत्तीले काठमाडौँ सहर पुरै कलरफूल भएको छ । 

काठमाडौँको बोसन डाँडाबाट इकागजकर्मी अनुज बज्राचार्यले कैद गरेका केही दृष्‍य:

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार