फोटो फिचर

फोटो फिचर

प्रधानन्यायाधीशविरुद्ध बारको प्रदर्शन, सर्वाेच्चमा सुरक्षाकर्मीको पहरा

अनुज बज्राचार्य |
कात्तिक २९, २०७८ बजे

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार पनि  प्रदर्शन सुरु गरेको छ । कानुन व्यवसायीहरूले बारको केन्द्रीय कार्यालयबाट विरोध प्रदर्शन थालेका छन् । सर्वाेच्च अदालतको परिसरमा पनि प्रदर्शन गरिने बारका महासचिव लीलामणि पौडेलले बताए ।


प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ । तर, स्थानीय प्रशासनले भने सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वाेच्च परिसरमा सुरक्षाकर्मीको पहरा छ ।

बारको प्रदर्शनविरुद्ध उत्रेका केहीलाई प्रहरीले नियन्‍त्रणमा लिएको छ । 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार