एमालेको १० औँ महाधिवेशन विशेष
नारायणी पुलमा खचाखच, राजमार्गमा ट्राफिक जाम [फाेटाे फिचर]
भरतपुर - नेकपा एमालेको १० औँ अधिवेशनमा सहभागी हुन देशभरबाट चितवन आएका महाधिवेशन प्रतिनिधि र सर्वसाधारणले गर्दा चितवनको नारायणी फुल खचाखच भरिएको छ । साथै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवन पूर्ण रुपमा ट्राफिक जामले भरिएको छ ।
महाधिवेशनका सहभागि हुने कार्यकर्ता र सर्वसाधारणको भिडले नरायणी नदीको पुल भरिएको छ । यो पुलको म्याद सकिइसकेको छ । म्याद सकिएको पुलमा क्षमताभन्दा बढी सर्वसाधारण पुग्दा जोखिम बढेको छ ।
२०३७ सालमा निर्माण भएको पुलको म्याद सकिएपनि पूलभरी मान्छे भरिएका कारण जोखिम बढेको विज्ञले बताएका छन् । तर पनि जोखिमलाई बेवास्ता गर्दै पुल भरी मान्छे खचाखच भरिएका छन् । साथै पुल वारीपारी मान्छेहरुले गर्दा ट्राफिक जाम बढेको छ । जामले गर्दा एकठाउँदेखि अर्को ठाउँसम्म पुग्नै हम्मेहम्मे परेको छ ।